भारतमा एकै दिनमा एक हजार ५६९ कोरोना सङ्क्रमित

बिएल संवाददाता

नयाँदिल्ली
file photo
file photo

भारत २४ घण्टाको समयावधि अर्थात मङ्गलबार मध्यरातिसम्म एक हजार ८२९ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २७ हजार  १७७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ। 

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ३३ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्य् हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार २९३ पुगेको छ।

यस समयमा भारतमा ७५३ सक्रिय सङ्क्रमित संख्या झरेपछि हाल भारतभरी सक्रिय सङ्क्रमित १५ हजार ६४७ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ। 
  
चौविस घण्टाको समयावधि अर्थात सोमबार मध्यरातिसम्म दुई हजार ५४९ कोरोना निको भएका छन्। यसैसँगै हालसम्म चार करोड २५ लाख ८७ हजार २५९ लाई कोरोना सङ्क्रमण निको भएको छ।

प्रकाशित मिति: : 2022-05-18 13:48:00

प्रतिकृया दिनुहोस्