टमाटरका फाइदाहरु

File photo
File photo

तरकारीलाई स्वादिलो बनाउनका लागि गोलभेडाको प्रयोग आजभोली अनिवार्य जस्तै भएको छ।

सूपको रुपमा, अचारको रुपमा तथा श्रृंगारको सामानको रुपमा समेत गोलभेडाको प्रयोग हुने गरेको छ। टमाटरबाट भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटाशियम पर्याप्त मात्रामा पाइन्छ। जसको प्रयोगले कोलेस्ट्रोल कम गर्न सहयोग पुग्ने पुग्दछ। 

मानिसलाई वजन घटाउन पनि गोलभेडा फाइदाजनक छ। तर टमाटरको सवैभन्दा ठूलो फाइदा भनेको पकाउँदा पनि त्यसको पोषक तत्व जादैन।
दैनिक रुपमा टमाटरको प्रयोगले  विभिन्न प्रकारका रोगको रोकथाम गर्न सकिन्छ। 

विहानीको  समयमा  पानी नपिइकन पाकेको टमाटर खादा स्वास्थ्यको लागि निकै फाइदा पुग्छ। यदी बच्चालाई सुख्खा रोग भएको खण्डमा प्रत्येक दिन एक गिलास टमाटरको जूस पिलाउदा बिरामीबाट आराम मिल्छ।

बच्चाको मानसकि तथा शारीरिक विकासका लागि टमाटर  धेरै फाइदाजनक हुन्छ ।

मोटोपन घटाउनका लागि पनि टमाटरको प्रयोग गर्न सकिन्छ। प्रतिदिन एक देखि दुई गिलास टमाटरको जूस पीउनाले वजन घट्छ ।
त्यसतै काचो टमाटरमा कालो नून मिलाएर खानाले अनुहारमा चमक आउँछ।
 

प्रकाशित मिति: : 2022-05-17 13:47:00

प्रतिकृया दिनुहोस्