प्रतितोला १३ सय रूपैयाँ घट्यो सुन

आइतबार सुन प्रतितोला ९६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार स्थानीय चुनावका कारण सार्वजनिक बिदा थियो। बिहीबार भने सुन प्रतितोला ९७ हजार आठ सय रूपैयाँ र चाँदी प्रतितोला १२ सय ५० रूपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज सुन प्रतितोला १३ सय रूपैयाँ र चाँदी प्रतितोला १० रूपैयाँ घटेको हो। 


 

प्रकाशित मिति: : 2022-05-15 15:04:00

प्रतिकृया दिनुहोस्