भोजपुरको हतुवागढी–२ मा एमाले विजयी

भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षमा एमालेका उम्मेदवार विचारी थापा विजयी भएका छन्।

आइतबार बिहान साढे ३ बजे सम्पन्न मतगणनामा ६४० मतसहति थापा वडाध्यक्षमा प्यानलसहित विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारद राईले ४७८ मत प्राप्त गरेका छन्। 

वडा नम्बर २ मा ११६२ कुल मत खसेको थियो। जसमा नेकपा एमालेका उम्मेदवारहरु प्यानलै विजयी भएका हुन्। यसअघि हतुवागढी ९ र १ मा पनि एमाले उम्मेदवार सञ्जाल राई र कुमार विष्ट विजयी भइसकेका छन्। 

प्रकाशित मिति: : 2022-05-15 05:30:00

प्रतिकृया दिनुहोस्