कर्णालीका सात जिल्लामा शुक्रबारदेखि विद्युत् अवरुद्ध

File photo
File photo

कर्णालीका सात जिल्लामा शुक्रबारदेखि  विद्युत् अवरुद्ध छ। कोहलपुर-सुर्खेत खण्डको ३३ केभी लाइनमा समस्या हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो। 

शुक्रबार दिउँसो आएको हावाहुरीसहितको पानीले कोहलपुर–सुर्खेत खण्डको ३३ केभी लाइनमा विद्युत् सेवा अवरुद्ध भएको छ।

राष्ट्रिय प्रशारण लाइन जोडिएका कर्णालीका सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, जाजरकोट, सल्यान र रुकुमपश्चिममा विद्युत् सेवा अवरुद्ध भएको छ।

नेपाल विद्युत् प्राधिकरण सुर्खेतका अनुसार जिल्लाभरका विभिन्न ठाउँमागरी करिब एक सय पोलहरू ढलेका जनाएको छ।

प्रकाशित मिति: : 2022-05-14 12:11:00

प्रतिकृया दिनुहोस्