रणिल बिक्रमासिंघे श्रीलंकाको नयाँ प्रधानमन्त्री

बिएल संवाददाता

कोलम्बो, श्रीलङ्का
Photo– PTI
Photo– PTI

श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल बिक्रमासिंघे नियुक्त भएका छन्।

श्रीलंकाको धराशायी अर्थतन्त्रलाई उकास्नका लागि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अनुमान गरिएको छ।

प्रधानमन्त्री महिन्दा राजापाक्षले सोमबार राजीनामा दिएपछि तत्कालै राजीनामा स्वीकृत गरेका राष्ट्रपति गोताबाय राजापाक्षले सांसदहरूसँग परामर्श गरी सर्वस्वीकार्य व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरिएकाे हाे।

उनी यसअघि चारपटक प्रधानमन्त्री पद सम्हालिसकेका पात्र हुन्।

बिहिबार उनलाई राष्ट्रपति गोटाबाय राजापाक्षेले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका छन्। बिक्रमासिंघेलाई श्रीलंकाका निवर्तमान प्रधानमन्त्री राजापाक्षेले ट्विटरमार्फत बधाईसमेत दिएका छन्।

प्रकाशित मिति: : 2022-05-12 21:03:00

प्रतिकृया दिनुहोस्