नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आयो, नौ महिनामा भित्रियो ७ खर्ब २४ अर्ब

नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आएको छ। 

नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको नयाँ तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो नौ महिनामा नेपालमा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। 

अघिल्लो आर्थिक वर्ष २०७७र७८ को सोही अवधिको तुलनामा यस वर्ष नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आएको हो। 

अघिल्लो वर्ष सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १६.५ प्रतिशतले बढेको थियो। 

अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्समा २.२ प्रतिशतले कमी आई ६ अर्ब ५ करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १३.१ प्रतिशतले बढेको थियो। 

प्रकाशित मिति: : 2022-05-11 16:01:00

प्रतिकृया दिनुहोस्