ललितपुर, सुनसरी र बागलुङमा तीन जना मृत अवस्थामा फेला परेका छन्।
ललितपुरको ललितपुर महानगरपालिका–८ बालकुमारी डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३२ वर्षीय नारायण सापकोटा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
सुनसरीको देवानगंज गाउँपालिका–४ पाल टोलस्थित मकैबारीमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्।
बागलुङको बागलुङ नगरपालिका–१० गलुवा बस्ने ४४ वर्षीय प्रेम बहादुर विक आफनै घरबाट करिब १० किलोमिटर टाढा भातेखोलाको किनारको जंगलमा मंगलबार मृत अवस्थामा फेला परेका छन्। वैंशाख २० गतेदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त जंगलमा शव फेला परेको हो।
घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक बाँकि अनुसन्धान खोज गरिरहेको छ।