श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा

File Photo
File Photo

श्रीलंकाली प्रधानमन्त्री महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिएका छन्।

सोमबार उनले प्रधानमन्त्रीबाट राजीनामा दिएको पत्र राष्ट्रपति गोताबाया राजापाक्षेसमक्ष बुझाएको बीबीसीले जनाएकाे छ।

राजधानी कोलम्बो र देशका अन्य भागमा सरकार समर्थक र विपक्षी प्रदर्शनकारीबीच हिंसात्मक झपडसँगै कर्फ्यू जारी रहँदा प्रधानमन्त्री राजापाक्षेले राजीनामा दिएका हुन्।

श्रीलंकाको आर्थिक संकट गहिरिएसँगै उनका विपक्षीले राजीनामा माग्दै आएका थिए। वैदेशिक ऋणको साँवा ब्याज भुक्तानी गर्न नसकेपछि गत महीना श्रीलंकाले आधिकारिक रुपमा आफू टाट पल्टिएको घोषणा गरेको थियो।

ठूलो परिमाणको वैदेशिक ऋणका कारण श्रीलंका अप्ठ्यारोमा फसेको छ। खाद्यान्न सहितका उपभोग्य वस्तुको मूल्यवृद्धि र अभावका कारण सर्वसाधारणको दैनिकी कष्टकर हुन पुगेको थियो।

सरकारको गलत आर्थिक नीतिका कारण समस्या गहिरिएको भन्दै सरकारविरुद्ध प्रदर्शन हुँदै आएको छ।

प्रकाशित मिति: : 2022-05-09 17:19:00

प्रतिकृया दिनुहोस्