वैज्ञानिकहरू भन्छन्– कुकुरको नस्लले उसको स्वभाव भविष्यवाणी गर्न सक्दैन

बिएल संवाददाता

न्युयोर्क 
mundo Perros
mundo Perros

एउटा नयाँ अध्ययनमा वैज्ञानिकहरूले कुकुरको नस्लले आफ्नो स्वभाव भविष्यवाणी गर्न नसक्ने पत्ता लगाएका छन्।

अनुसन्धानकर्ताहरूले २ हजारभन्दा बढी कुकुरहरूमा उनीहरूको व्यवहारिक विशेषताहरू र जीन मूल्यांकन गर्न सर्वेक्षण गरेका थिए।

आफ्नो विश्लेषणबाट उनीहरुले कुकुरका मालिक वा पाल्नेहरूबाट २ हजार सर्वेक्षण जवाफहरू तयार गरे।  तिनीहरूले आफ्नो तथ्यांक मालिकले कुकुरको विशेषता र स्वभावबारे बर्णन गरेको एउटा खुला तथ्यांक—डार्विनस आर्कबाट लिएका थिए।

यसको माध्यमबाट वैज्ञानिकहरुले यो पत्ता लगाए कि नस्लको आधुनिक अवधारणाले कुकुरहरुको अधिकांश व्यवहारबारे केबल आंशिक भविष्यबाणी गर्छ।

जीनमार्फत स्वभावसम्बन्धी विशेषता थाहा पाउन सके पनि त्यसले कुकुर कति मायालु छ वा कति छिटो रिसाउछ भन्ने निर्धारण गर्न सकिदैन।

यूमास चान र एमआईटी तथा हार्वर्डको ब्रोड इन्स्टिच्युटका एलिनोर कार्लसन भन्छिन्, ‘आनुवंशिकीले कुनै एउटा कुकुरको व्यक्तित्वमा भूमिका खेल्छ। तर, कुकुरको विशिष्ट नस्ल ती लक्षणहरूको उचित भविष्यवाणी होइन।’ अध्ययन साइन्स जर्नलमा प्रकाशित छ।

प्रकाशित मिति: : 2022-05-04 11:20:00

प्रतिकृया दिनुहोस्