श्रीमान्‌को विरासत जोगाउन पद्मावतीको दौडधुप

देशसञ्चार

काठमाडौं

नेपालगञ्ज – ६५ वर्षीया पद्मावती यादवलाई अहिले जनताको घरघरमा जान भ्याइनभ्याइ छ। राजनीतिक परिवारकी सदस्य रहे पनि पद्मावती यसरी बाहिर निस्केर जनताको घरघरमा जानुपरेको पहिलो पटक हो।

श्रीमान् स्व. दिनेशचन्द्र यादवले २०५१, ०५६, ०६४ र ०७० सालको चुनावमा होमिँदा पद्मावतीले आन्तरिक व्यवस्थापन गरेकी थिइन्। घर बाहिरको व्यवस्थापनमा पद्मावतीलाई खटिनु परेको थिएन। चार वटा चुनावमा प्रतिस्पर्धा गर्दा दिनेशचन्द्र यादवले एउटा चुनाव जितेका थिए। त्यो २०७० सालको थियो।

पद्मावतीलाई संसदीय चुनाव होइन, गाउँपालिकाको चुनावमा अध्यक्ष जित्न दौडधुप गर्नुपरेको हो। नेकपा एमालेले जिल्लाका आठ वटा पालिकामध्ये दुई वटामा महिलालाई अध्यक्षको उम्मेदवार बनाएको छ। त्यसमध्येको एक नरैनापुर गाउँपालिका हो, जहाँको उम्मेदवार पद्मावती यादव छिन्।

प्रकाशित मिति: : 2022-05-02 20:06:00

प्रतिकृया दिनुहोस्