नेप्सेमा एकै दिन ४८ अंकको गिरावट, एक अर्ब ४२ करोडको कारोबार

File photo
File photo

सेयर बजार (नेप्से)मा सोमबार एकै दिन ४८ अंकको गिरावट आएको छ। यो गिरावटसँगै नेप्से परिसूचक २३ सयको नजिक पुगेको छ। साताको दोस्रो कारोबार दिन सेयर बजार २.७ प्रतिशतले गिरावट आउँदा नेप्से २३ सय सात दशमलव ४५ अंकमा झरेको हो।

बजारमा नेप्सेको सेन्सेटिभ इन्डेक्स ८ दशमलव ४५ अंकले घटेर चार सय ४१ अंकमा पुगेको छ। सोमबार नेप्सेमा अधिकांश कम्पनीले घाटा व्यहोरेका छन्। बजारमा ३९ लाख  ७८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४२ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

सेयर बजारमा दुई सय चार कम्पनीको सेयर घाटामा कारोबार हुँदा १८ कम्पनीका सेयरधनीले नाफा कमाए। नेप्सेमा सोमबार एक मात्र कम्पनी जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेर कारोबार भयो। 

जल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य एक सय १४ रुपैयाँ बढेर एक हजार दुई सय ५६ रुपैयाँ पुगेको छ । नेप्सेमा सबैभन्दा बढी लाइफ इन्स्योरेन्स सेक्टरमा तीन सय ४२ अंकको गिरावट आएको छ भने नन्लाइफ इन्स्योरेन्स सेक्टरमा दुई सय १८ अंकले गिरावट आएको छ। यस्तै होटल, म्यानुफ्यक्चर र डेभलपमेन्ट बैंक सेक्टरमा एक अंक बढीले घटेको छ।

 
 

प्रकाशित मिति: : 2022-05-02 16:13:00

प्रतिकृया दिनुहोस्