भारतमा ताप लहर घट्दै, केही दिनमा वर्षा हुने

बिएल संवाददाता

नयाँ दिल्ली
File Photo
File Photo

भारतका अधिकांश भागहरूमा ताप लहरको अवस्था कम हुँदै गइरहेको त्यहाँको मौसमसम्बन्धी कार्यालयले जनाएको छ।आगामी तीन दिनमा हल्का वर्षा हुने कार्यलयले अनुमान गरेको छ। 

भारतमा यस वर्ष अत्यधिक गर्मी बढेको छ। लाखौं मानिसहरू गर्मीको जोखिममा रहेका वैज्ञानिकहरूले चेतावनी दिएका छन।बढ्दो गर्मीलाई जलवायु परिवर्तनसँग जोडेर हेरिएको छ। 

अप्रिलमा देशका धेरै भागहरूमा उच्चतम औसत तापक्रम रेकर्ड गरिएको छ।अधिक गर्मी मेसम्म रहने अनुमान गरिएको छ। 

उत्तरपश्चिम र मध्य भारतमा अप्रिलमा क्रमशः ३५ दशमलब ९ र ३७ दशमलब ७८ सेल्सियस  औसत अधिकतम तापक्रम रेकर्ड गरेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ। 

प्रकाशित मिति: : 2022-05-02 14:40:00

प्रतिकृया दिनुहोस्