चीनले सुरु गर्‍याे मालवाहक रेल सेवा

उत्तरपश्चिमी चीनको शान्सी प्रान्तको राजधानी सियानले बुधबार युरोपको लागि नयाँ मालवाहक रेल सेवा सुरु गरेकाे छ। 

उक्त रेलले बेइजिङ र मस्कोबीचको घनिष्ठ गठबन्धनको बावजुद रुसी क्षेत्रलाई बाइपास गर्दै समुद्रको संयुक्त यातायातको माध्यमबाट क्यास्पियन सागर र काला सागर पार गर्नेछ।

यो नयाँ रेल-समुद्री यातायात मार्ग मार्फत मध्य र पूर्वी युरोपका धेरै देशहरूमा पुग्न सकिन्छ। तर रुसलाई बाइपास गर्ने कदमले चीन र रुसबीचको कनेक्टिभिटी रुटहरूमा छायाँ पर्न सक्छ।

खेलकुद उपकरण, लत्ताकपडा जस्ता सामानले भरिएको यस मार्गको पहिलो रेल सियान अन्तर्राष्ट्रिय बन्दरगाहबाट प्रस्थान गरेको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार यो रेल काजाकिस्तान, अजरबैजान, रोमानिया, हंगेरी, स्लोभाकिया र चेक गणतन्त्र हुँदै अन्तिममा जर्मनीको म्यानहाइम पुग्नेछ। यसले कुल ११३०० किलोमिटरको दूरी तय गर्न सक्नेछ।

हाल सियानसँग बेल्ट एण्ड रोडका ४५ देश र क्षेत्रहरू हुँदै युरोप जाने १६ मुख्य मालवाहक रेल मार्गहरू छन्।

प्रकाशित मिति: : 2022-05-02 10:58:00

प्रतिकृया दिनुहोस्