रुसी राष्ट्रपति पुटिनलाई भेट्न चाहन्छुः जेलेन्स्की

file photo
file photo

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन अझै पनि रुससँग शान्ति वार्ताका लागि तयार रहेको बताएका छन्। रुसले पूर्वी युक्रेनमा हमला तीब्र पारिरहेका बेला जेलेन्स्कीको पछिल्लो धारणा सार्वजनिक भएको हो। ‘रुसमा एउटै व्यक्तिले हरेक निर्णय गर्ने भएकोले’ आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न चाहेको उनले बताए। तर, रुसी हमलाबीच वार्ता हराउने उच्च जोखिम देखिएको उनले बताए।

यसैबीच, अमेरिकी रक्षा मन्त्रालयले रुसी राष्ट्रपति पुटिनले युक्रेनमा गरेको आक्रमणमा ‘भ्रष्टतापूर्ण’ काम गरेको आरोप लगाएको छ। रक्षा मन्त्रालयले प्रवक्ता जोन किरबाइले पुटिनले अत्याचार गरेकोसमेत बताए। 

प्रकाशित मिति: : 2022-04-30 14:14:00

प्रतिकृया दिनुहोस्