सिद्धार्थ आर्ट ग्यालरीमा जुर्मुराइरहेकाे कला संसार ! (तस्बिरहरू)

Breaknlinks
Breaknlinks

काठमाडाैँकाे बबरमहलस्थति सिद्धार्थ आर्रट ग्यालरीमा जारी ‘विट्वीन लईन्स एण्ड लेयर्स’ नामक एक्जिवेशन (प्रदर्शनी)मा थ्रुपै प्रतिभावन कलाकार्मीहरूका ४३ वटा चित्रहरू प्रदर्शनमा राखिएकाे छ।

एत्चईङ्ग र अक्वातिन्टद्वारा निकालिएका यी कलाहरूबारे सिकाउने कलाकार कविराज लामा हुन्।

काठमाडौँ विश्वविद्यालयअन्तर्गत स्कूल अफ आर्ट्सका बि.एफ.ए.का चौथौ वर्षमा पढिरहेका विद्यार्थीद्वारा यी कलाहरू तयार गरेका हुन्।जुन कामहरु दुई सेमेष्टरको प्रिन्ट मेकिङ्गको ईलेक्ट्रभ्सका फल हुन्।

भिन्न तरिकाबाट एउटा कुनै म्यात्रिक्सबाट अर्को सर्फेसमा छाप निकाल्ने बिधि अपनाएर विद्यार्थीहरुले थरिथरिका अनुभव गरेर यी कलाहरू तयार गरेका छन्। यी प्रिन्टहरुमा विद्यार्थीहरुले आ–आफ्नै सोच, अनुभव र विचारहरु एत्चईङ्ग र अक्वातिन्टमार्फत् चित्रण गरेका छन्:-


कुशल कार्की

– न्यारेतिभस इन नेच्यर

प्रकृतिमा जनावरहरुको सम्बन्ध सिकार र सिकारीको बीच परिभ्रमा भइरहनछ। यस्तो उत्कथनहरु अस्तव्यस्त हुनका साथसाथै यसले सबै कुरालाई सन्तुलनमा राखिरहन्छ। यी कामहरुमा सर्पहरु, आफू वा अरुसँगको उठ्कन्थनहरुकै खोजिरहेको छ।

सन्तोष  गुरुङ 
– सेरेनिटी

हामी सबैको एउटा यस्तो ठाउँ हुन्छ जहाँ शान्ति महसुश गर्न सक्छौँ। यहाँ जीवनका अपरिचितपनामा पाइने शान्तिलाई मैले चित्रमा उतारेको छु। यही मेरा गाउँका दृश्यहरु मेरा कामका विषयहरु हुन जहाँ मैले खोजेको निश्चल भेटाएको छु। कुनै पनि संघर्ष र बाधा बिना पाइने शान्तलाई नै मैले प्रस्तुत गरेको छु।

नविन  सुनुवार 
– ट्रान्स

रेखाहरु र विचारको स्वतन्त्रताले अचेत अवस्थाको सौन्दर्यलाई यी सेतो कागजहरुमा कालो मसिद्वारा उतारिएका छन्।

सुमन राना मगर

– इज इट ब्ल्याक अन ह्वाईट ओर ह्वाईट अन ब्ल्याक ?

यी जनावरहरुमा अद्वितीय रूपले वास्तविक कुरा छ, जहाँ परिचित र अपरिचितको मिश्रण गरिएकाे छ। के यी जंगली घोडा हुन् कि रंगिएका गधा ? जे भएपनि तिनीहरू जंगली र स्वतन्त्र छन्। समूहमा लगभग एकअर्कासँग मिल्दोजुल्दो देखछन् र सुरक्षाको लागि आफ्नै प्रजातिमा फर्कन्छन्।

कालो र सेतो धर्साहरुको संयोजले गर्दा लाग्छ कि तिनीहरू प्रकृतिद्वारा चित्रित जीवित अमूर्त चित्रहरू हुन्।

प्रोमिस गुरुङ 
– ग्रोव्थ

वृद्धि हुनुमा उसको वातावरणसंगको सम्बन्ध हुने गर्दछ। कुनै विरुवाको हुर्काइलाई नियालेर हेर्दा प्रत्येकमा सेरोफेरोको प्रभाव हुनुको सोच ममा जगायो। यही बिरुवाहरुको आफ्नो सिमित घेराहरुभन्दा बाहिर हुर्कानुलाई मैले मेटाफोरको रुपमा प्रयोग गरी यी कामहरुमा चित्रण गर्न खोजेको हुँ।

शैली मल्ल

– म्यानेक़ुइन सेरिज

म्यानेक़ुइनहरु मानव जीवनका प्रतिलिपि हुन्, तर यदी उनीहरु पनि हामी माझ नै जीवित छन् भने ? यी निर्जीव (अचल) आकृतिहरु हाम्रो दैनिकीमा चित्राङ्गन गरिएको छ। यी अनआत्मीय टोलाईहरुमा मानवीय स्तर लुकिएको रहेछ भने ?

राहुल महर्जन

– सीनोनिम

यी दुई भिन्न प्राणी, जो नजिक भएर पनि टाढा पनि छन्। तिनका स्वभाव चित्रण गरिएका छन। यी मोनोक्रोम्यातिक प्रिन्टहरुमा। चिम्पान्जी मान्छेहरुभन्दा धेरै फरक हुँदैनन्। उनीहरुको जीवनशैली हामीहरुसँग मिल्दो जुल्दो हुन्छन। हामी मानवको जीवन अरु प्राणीहरुसँग समान भएपनि किन अत्यन्त दुखमय छ भन्ने प्रश्नले नै मलाई यो काम गर्न प्रेरणा दिएको हो।

टाशी सलका शेर्पा

– डर्यागन

डर्यागनहरुसँग परिचित मेरो ट्याटु पेसा, संस्कृति र पप मिडियामार्फत हुँदै आइरहेको हो। यी प्राचिन प्राणीहरुको चित्र कोर्न मलाई रमाइलो लाग्छ र मैले यिनीहरुको आकृति ट्याटु गर्दा पनि प्रयोग गर्छु। डर्यागन परिवर्तनशीलता, बल र शान्तिको प्रतीक मानिन्छ। यिनै भव्यता र शक्तिलाई उकास्दै मैले यी विभिन्न प्रबन्धहरुबाट डर्यागनहरुलाई चित्रण गरेको छु।

प्रकाशित मिति: : 2022-04-29 14:00:00

प्रतिकृया दिनुहोस्