बेलायती सांसदले संसद्‌भित्र अश्लील सामग्री हेरेपछि...

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

बेलायती संसद्का एक सदस्यमाथि बेलायतको हाउस अफ कमन्समा बसेर अश्लील सामाग्री हेरेको आरोप लागेको छ। एक बैठकमा ती सांसदमाथि उक्त आरोप लगाइएको हो। सांसदको नाम सार्वजनिक गरिएको छैन्।

ती सांसदको पछाडि बस्ने एक महिला मन्त्रीले सांसदले अश्लील सामाग्री हेरेको आरोप लगाएकी छिन्। गत साता एउटा समितिको बैठकमा सो घटना भए दी टाइम्सले जनाएको छ।

ती सांसदले अर्को फरक समयमा पनि अश्लिल सामाग्री हेरेको आफूले पाएको तर तस्बीर खिच्न नसकेको अर्की सांसदले गुनासो गरेकी छिन्। 

सो घटनाबाट बैठकमा उपस्थित धेरै सांसदहरू स्तब्ध भएको र व्यावसायिक ठाउँमा यस्तो हुन सक्छ भनेर विश्वास गर्न नसकेको कन्जरभेटिभ सांसद पाउलिन लाथमले बताइन्।

प्रकाशित मिति: : 2022-04-28 14:38:00

प्रतिकृया दिनुहोस्