यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज (बुधबार) राति लिभरपुल र भिल्लारियलबीच प्रतिस्पर्धा हुँदैछ। यस सिजन चौथो उपाधि जित्ने लक्ष्यमा रहेको इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब भिल्लारियलबीचको खेल नेपाली समयअनुसार पौने १ बजे लिभरपुल घरेलु मैदान एनफिल्डमा हुनेछ।
लिभरपुलले इङ्लिस लिग क्लबको उपाधि जितिसकेको छ भने एफए कपको फाइनल पुगेको छ। यस्तै, दोस्रो स्थानमा रहदै प्रिमियर लिगको उपाधि होडमा छ।
लिभरपुलले क्वाटरफाइनलमा पोर्चुगिज क्लब बेन्फिकालाई हराएको थियो। भने भिल्लारियलले भने जर्मन क्लब बायर्न म्युनिखलाई हराएको थियो। दुई टोलीबीचको दोस्रो लेग आगामी ४ मेमा हुनेछ। दोस्रो लेग भिल्लाको मैदानमा हुनेछ।
पहिलो सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले रियल मड्रिडलाई ४–३ अन्तरले पराजित गरेको थियो। च्याम्पियन्स लिगको फाइनल फ्रान्स राजधानी पेरिसमा हुनेछ।