रूससँग लड्न युक्रेनलाई जर्मनीले दियो ५० वटा एन्टि–एयरक्राफ्ट ट्यांक

जर्मन सरकारले युक्रेनलाई करिब ५० वटा एन्टि–एयरक्राफ्ट ट्यांकहरू प्रदान गर्ने भएको छ।

युक्रेनलाई अझै बढी हतियार उपलब्ध गराउने विषयमा अमेरिका र उसका साझेधारबीच जर्मनीको एउटा हवाई आधारमा बैठक गरिरहेका वर्लिनको सो निर्णय आएको हो। 

यसअघि अमेरिकाले युक्रेनलाई थप हतियार उपलब्ध गराउने घोषणा गरेको थियो। अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीको युक्रेन भ्रमणपछि अमेरिकाले युक्रेनलाई रूसी सेनाको प्रतिकार गर्न थप हतियार उपलब्ध गराउने घोषणा गरेको थियो। 

यसैबीच रूसी विदेशमन्त्री सर्गेई लाभरोभले तेस्रो विश्व युद्धको चेतावनी दिएका छन्।

प्रकाशित मिति: : 2022-04-27 06:01:00

प्रतिकृया दिनुहोस्