इमरान खान सरकारले रोजगारीको तथ्याङ्कलाई बढाइचढाइ गरेको पाकिस्तानी अर्थशास्त्रीकाे दाबी

बिएल संवाददाता

इस्लामाबाद
Photo- theprint
Photo- theprint

पाकिस्तानी अर्थशास्त्रीले इमरान खान सरकारले रोजगारीको तथ्याङ्कलाई बढाइचढाइ गरेको दाबी गरेका छन्।

पाकिस्तानका पूर्वअर्थमन्त्री र अर्थशास्त्री हाफिज ए पाशाले इमरान खानको नेतृत्वमा रहेको पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) सरकारले रोजगारी सिर्जना र मुद्रास्फीतिको बारेमा गलत र बढाइचढाइपूर्ण तथ्याङ्क प्रस्तुत गरेको बताएका छन्।

पाशाले भने कि नयाँ रोजगारी संख्या बढाइचढाइ गरिएको थियो र मुद्रास्फीति दर घटेको दाबी गलत भएकाे जियो न्यूजले रिपोर्ट गरेको छ।

५५ लाख प्रतिवद्धताको तुलनामा २५ लाख मात्रै नयाँ रोजगारी सृजना भएको र मुद्रास्फीति दर वास्तविक १५ प्रतिशतको तुलनामा ७.१२ प्रतिशतमा राखिएको उनले बताए।

उनले थप भने कि पीटीआई सरकारमा बेरोजगारी दर ९ प्रतिशतमा पुगेको थियो र पीटीआईको औद्योगिक वृद्धिमा १५ प्रतिशतले वृद्धि भएको दाबीलाई पनि खण्डन गर्दै यो वास्तवमा १-२ प्रतिशत थियो भनी पाशाले बताएका छन्।

प्रकाशित मिति: : 2022-04-26 11:27:00

प्रतिकृया दिनुहोस्