नेप्सेमा २ अर्बको कारोबार, परिसूचक ३४ अंकले घट्यो  

File Photo
File Photo

साताको दोस्रो दिन साेमबार नेपाली सेयर बजार नेप्से ३४ दशमलव ९५ अंकले घटेर परिसूचक २३ सय ८६ अंक बन्द भएको छ।

साताकाे पहिलाे दिन आइतबार एकैदिन ९६ अंकले बढेर हरियाली छाएको नेप्सेमा सोमबार ३४ अंकको गिरावट आउँदा नेप्सेको सेन्सेटिभ इन्डेक्स ६ अंकले घटेको छ।

सोमबार नेप्सेको सेन्सेटिभ इन्डेक्स ४ सय ५४ अंक पुगेर बन्द भएको छ। नेप्सेमा ५० लाख ४७  हजार कित्ता सेयर खरिद बिक्री हुँदा दुई अर्ब  चार करोड २२ लाख  हजार  रुपैयाँको कारोबार भएको छ।

कारोबार रकम आइतबारभन्दा ५१ करोडले कमी आएको छ। नेप्सेमा सोमबार अधिकांस सेक्टरका सेयरधनीले गुमाएका छन्।

नेप्सेमा १ सय ६३ कम्पनीका सेयरधनीले ठूलो रकम गुमाउँदा जम्मा २७ कम्पनीले सेयरधनीले नाफा कमाएका छन्। सेयर बजारमा लाईफ इन्स्योरेन्स र नन् लाईफ इन्स्योरेन्स  सेक्टरका सेयरधनीले सबैभन्दा धेरै १०० अंक बढीको गिरावट व्यहोर्नु परेको छ।

प्रकाशित मिति: : 2022-04-25 16:27:00

प्रतिकृया दिनुहोस्