विद्यार्थीकाे स्वास्थ्य अवस्था बुझ्न पाटन पुगे डब्लुएचओका महानिर्देशक गेहब्रेयस

शनि शाक्य

ललितपुर

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयस नेपाल भ्रमणमा छन्।

बिहीबार नेपाल आएका उनले विभिन्न व्यतित्वसँग शिष्टाचार भेटवार्ता गरिरहका छन्। नेपाल भ्रमणमा रहेका गेहब्रेयसले शुक्रबार ललिपुरकाे पाटनस्थित पाटन माध्यमिक विद्यालयमा पुगेर विद्यार्थीहरूकाे स्वास्थ्य अवस्थाबारे अवलाेकन गरेका छन्।

उनले विद्यार्थीमा टाइफाइटविरूद्धकाे खाेपका बारेमा बुझेका थिए। उनीहरुलाई ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले स्वागत गरेका थिए।

उनीहरुले साे विद्यालयमा टाइफाइडविरुदको खोप कसरी लगाइएकाे छ र विद्यार्थीहरूले खाेप पाए/नपाएकाे विषयमा चासाे राखेकाे मेयर महर्जनले जानकारी दिएका छन्। ‘उहाँहरुको भम्रण ज्यादै राम्रो हो, कोरोनाको लहरपछि उहाँहरुले नेपालको स्वास्थ्य अवस्थाबारे चासो राखेकाेमा हामी खुसी छाैँ,' मेयर महर्जनले भने।

प्रकाशित मिति: : 2022-04-22 16:59:00

प्रतिकृया दिनुहोस्