राप्रपाको सशक्त प्यानल तयार, भण्डारी बने वडाध्यक्षको प्रत्यासी

मिलन के राउत

उर्लाबारी

स्थानीय तहको आसन्न निर्वाचका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उर्लाबारी– ४ मा गजिन्द्र भण्डारीको नेतृत्वमा प्यानल तयार गरेपछि बेग्लै रौनक छाएको छ।

वार्डबासीमाझ लोकप्रिय एवं पकड जमाएका उम्मेद्वार उठाउनुका साथै ‘प्रभावशाली रणनीति’का कारण प्यानलका उम्मेद्वारको जित सुनिश्चित भएको स्थानीय शोभित कार्कीले बताए। वडाध्यक्ष पदमा भण्डारीका अलवा देवीप्रसाद दाहाल, नवीन न्यौपाने, रेखा कार्की, र सविता सुन्दास सदस्य रहेको टिम चुनावी मैदानमा होमिएको छ।

वडाका उम्मेद्वारमध्ये अध्यक्ष पदका गजिन्द्र भण्डारी व्यवसायी हुन्। सामान्य परिवारका उनी प्रष्ट तर जनसरोकारका सवालमा सशक्त आवाज उठाउदै आएका व्यक्ति हुन्। पार्टीभित्र मात्र होइन फरक पार्टीमा समेत सुखदुःखमा सबैलाई समान रूपमा सहयोग गर्ने व्यक्तिका रुपमा भण्डारी चिनिन्छन्।

राप्रपा उर्लाबारी नगरसमितिका अध्यक्षसमेत रहेका देवीप्रसाद दाहाल वडा सदस्य पदको उम्मेद्वार रहनु उक्त प्यानलले जित्ने अर्को आधार भएको कार्की बताउछन्।

दाहाल उर्लाबारीमै प्रभावशाली व्यक्तिका रुपमा चिनिन्छन्। बिहानैदेखि साँझ अबेरसम्म पार्टी र सामाजिक काममा व्यस्त रहने उनी वडाका सबैसंग भिजेका व्यक्ति हुन्। प्यानलमा सदस्य पदका अर्का उम्मेदुवार नवीन न्यौपाने उम्दा युवा हुन्। सुचना प्रविधि विषयमा स्नातक गरेका ३१ वर्षीय न्यौपाने एक इन्टरनेट कम्पनीमा जोडिएका छन्।

उनी सो कम्पनीका व्यवसायिक साझेदारपनि हुन्। यसका अलवा दमकस्थित श्रीयन्त्र कलेजमा प्राध्यापन गर्छन्। सूचना प्रविधिको विषयगत ज्ञानमा अब्बल न्यौपाने आफूले चिने जानेका र भेटघाट भएकासंग तुरुन्तै घुलमिल हुने स्वभावका कारण धेरैको मन जित्न सफल भएका छन्। न्यौपानेको व्यक्तिगत स्वभाव सबभन्दा राम्रो पक्षको रूपमा लिइन्छ।

उनी उर्लाबारीको ४ नम्बर वडाको दुरुह अवस्थाप्रति भुक्तभोगी भएको जनाउदै ती समस्या समाधानका लागि आफ्नो उम्मेदवारी रहेको बताउँछन्।

‘समृद्ध वार्ड निर्माणका लागि सिंगो वार्डलाई नै धुलो, धुवाँ र प्रदूषणमुक्त गर्नुछ, आर्थिक समृद्धिका खातिर युवा स्वरोजगारको विषयलाई प्राथमिकतामा राखेको छु। कसरी हुन्छ वार्डवासीलाई अमनचैन दिलाउने मेरो टिमकै एजेण्डा भएकाले यिनै मुद्दा लिएर घरघरमा जाने छु,’ न्यौपानेले भने।

त्यसो त राप्रपाले घोषणापत्रमा प्रत्येक घरमा बिजुली पुर्‍याउने प्रतिबद्धता गरेको छ। सबै वडालाई सडक सञ्जालले जोड्ने र बाह्रै महिना गाडी चल्ने गरी कालोपत्र बनाउने राप्रपाको घोषणापत्रमा उल्लेख छ।

यससँगै सार्वजनिक स्थलमा निःशुल्क वाईफाईको व्यवस्था गर्ने, विपिन्न परिवारका लागि परिचयपत्र र सुपथ मूल्य पसल सञ्चालन गर्ने पनि राप्रपाको योजना छ। पार्टीको घोषणपत्रमा उल्लेख भएका जनसरोकारका विषयपनि आफुहरुको चुनाव जित्ने आधार भएको न्यौपानेले बताए।

वार्ड उम्मेद्वारको प्यानलमा रहेका महिला सदस्य पदका रेखा कार्की र दलित महिला सदस्य पदका उम्मेद्वार सविता सुन्दासले पनि वार्डको समग्र विकासका लागि आफ्नो प्यानललाई सकारात्मक काममा सघाउने प्रतिवद्धता जनाएका छन्। रेखा र सविता दुबै सामाजिक कामप्रति लगाव भएका महिलामा दरिएका छन्। महिलाहरु अब आरक्षणको पर्खाइमा मात्र होइन आफैं लडेर पनि प्रमुख पदमा दाबी गर्न सक्ने भएका छन्। सदस्य पदमै सहि आफ्नो उम्मेद्वारीलाई  हामी परिणाममा बदल्न आतुर छौं, भन्छिन् रेखा कार्की।

सबैप्रति आधारभाव प्रकट गर्ने र विवादरहित छवि हुनुलेपनि राप्रपाका यी उम्मेद्वारलाई वार्डवासीले मन पराएको बुझिन्छ। सिंगो प्यानललाई जिताउँदा वडाको विकासमा टेवा पुग्छ। हकहित सुनिश्चित हुन्छ र कुनै प्रकारको समस्या हुँदैन भन्नेमा मतदाता ढुक्क झै छन्। प्यानलका सबै उम्मेद्वार शालिन र भद्र छन्। कारण चुनावचिन्ह हलोमा मत प्रकट गरी वडाध्यक्ष पदमा गजिन्द्र भण्डारीलगायत सदस्य पदका उम्मेद्वार देवीप्रसाद दाहाल, नवीन न्यौपाने, रेखा कार्की र सविता सुन्दासलाई विजयी गराउन सबैमा आग्रह गरिएको छ।

प्रकाशित मिति: : 2022-04-21 13:21:00

प्रतिकृया दिनुहोस्