पाकिस्तानमा श्रीलंकाली नागरिकको हत्यामा संलग्न ६ जनालाई मृत्युदण्ड

बिएल संवाददाता

इस्लामावाद
File Photo
File Photo

पाकिस्तानमा इश निन्दा गरेको भन्दै एउटा भिडले एक श्रीलंकाली नागरिकको हत्या गरेको अभियोगमा ६ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ। सियालकोट सहरका कारखाना प्रवन्धक ४८ वर्षीय प्रियंथा दियावदानगेलाई गत डिसेम्बरमा कुटपिट गरी हत्यापछि उनको शव जलाइएको थियो। 

दोषी ठहर भएका ८८ जनामध्ये ९ जनालाई आजीवन कारावास र अन्यलाई दुईदेखि पाँच वर्षको जेल सजाय तोकिएको छ। सो घटनाले देशलाई स्तब्ध बनाएको थियो र निवर्तमान प्रधानमन्त्री इमरान खानले यसलाई ‘लज्जाको दिन’ भनेका थिए। 

आक्रमणबारे सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडियोमा आक्रोशित भीडले दियावदानगेलाई उनको कार्यस्थलबाट घिसारेर  कुटपिट गरी हत्या गरेको देख्न सकिन्छ। उनको शव जनलाएपछि भीडमा धेरै मानिसहरूले सेल्फी लिइरहेका थिए। 

सो भिडियो अमानवीयको भएको पीडितकी श्रीमती  निलुशी दिसानायकाले टिप्पणी गरेकी थिइन्।

प्रकाशित मिति: : 2022-04-19 07:25:00

प्रतिकृया दिनुहोस्