एमाले र कांग्रेस नेता गोविन्दराज जोशीले तनहुँमा चुनावी तालमेल गर्ने

File Photo
File Photo

नेपाली कांग्रेसका वरिष्ठ नेता एंव पूर्वगृहमन्त्री गोविन्दराज जोशी र नेकपा (एमाले) तनहुँबीच चुनावी तालमेल भएको छ। 

जोशी समूह–एमालेकाे वार्ता समितिले आउँदाे स्थानीय तहको निर्वाचनबाट साझा उम्मेद्वार बनाउने सहमति पनि गरिएकाे हाे।

दमौलीमा सम्पन्न वार्ताबाट चुनावी तालमेल गर्ने निर्णयसँगै साझा उम्मेदवारी दिने निर्णय भएकाे नेताहरूले जनाएका छन्। प्रत्येक पालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरूको साझा उम्मेद्वारी दिने सहमति भएको छ। 

छलफलको क्रममा तालमेललाई प्रभावकारी बनाउन चुनावी परिचालन समिति गठन गरिएको छ। जोशी समूहबाट ४ जना र नेकपा एमाले तनहुँका ४ जना गरी ८ सदस्यीय चुनाव परिचालन समिति समिति गठन गरिएको छ।

प्रकाशित मिति: : 2022-04-17 10:30:00

प्रतिकृया दिनुहोस्