बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।
बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१-००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएका हो।
दुर्घनामा परी सुर्माका विनोद बोहराको घटनास्थलमै ज्यान गएको छ भने १ जना घाइते अञ्जु बोहराको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ। प्रहरीका अनुसार जीप गएराति पाैने १ बजे दुर्घटना भएको हो।
जीपमा तीन महिला र ६ पुरुष गरी नाै जना सवार थिए। जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीका अनुसार उक्त जीपमा नेपाली कांग्रेस बझाङका सभापति खड्क बोहरा र उनका परिवार सवार थिए।
निजी कामले सभापति बोहराको परिवार धनगढी गइरहेका बेला गाडी अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए।