जलजलामा पञ्चश्री महायज्ञ सुरू  

अनन्तश्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको संकल्पमा पञ्चश्री महायज्ञ पर्वत कालञ्जर हम्पालमा सुरू भएको छ। 

महायज्ञको उद्घाटन जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले गरेका हुन्। 

नयाँ वर्ष २०७९ को अवसरमा ‘कालञ्जर समाज समृद्धि महायज्ञ’द्धारा अनन्तश्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको संकल्पमा पञ्चश्री महायज्ञ आयोजना गरिएको हो।

ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल हम्पालको कालञ्जर क्षेत्रमा आयोजित महायज्ञले महत्वपूर्ण योगदान दिने बताइएको छ। 

सामुद्रिक सतहदेखि ३३०० मिटर उचाइमा रहेको हम्पाल धार्मिक रुपमा महत्वपूर्ण क्षेत्र मानिन्छ।

महायज्ञमा प्रमुख बाचकको भूमिका शुदर्शन गुरुले निभाएका छन्। महायज्ञ पाँच दिनसम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति: : 2022-04-14 21:17:00

प्रतिकृया दिनुहोस्