साताको संक्रमण दर एक प्रतिशतभन्दा कम

देशसञ्चार

डा. प्रवीण श्रेष्ठ

विश्वबाट वर्तमान कोरोना प्यान्डेमिक निर्मूल हुने क्रममा हाल यस संक्रमण निकै कम देशमा सीमित भइसकेको छ।

विश्वका अधिकांश देशमा दैनिक संक्रमण दर ५% भन्दा कम भइसकेको छ जुन प्यान्डेमिक कालमा डब्लुएचओको मापदण्डभन्दा कम अर्थात् मापदण्डभित्र पर्छ।

दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी ५% भन्दा कम हुनु प्यान्डेमिक नियन्त्रण मानिन्छ भने ३०% माथि हुनु अति उच्च संक्रमण दर मानिन्छ। यद्यपि, विश्वका केही देशमा पछिल्लो समय संक्रमण दर ३०% भन्दा माथि छ।

पछिल्लो अवस्थामा प्यान्डेमिक लहर निकै उच्च रहेका केही सीमित देशमा पश्चिमी युरोप र पश्चिमी प्यासिफिक क्षेत्रका केही देश पर्छन्। विश्वका बाँकी अन्य देशमा कोरोना संक्रमण र प्यान्डेमिक अवस्था निकै शान्त देखिन्छ।

प्रकाशित मिति: : 2022-04-14 20:22:00

प्रतिकृया दिनुहोस्