म्यान्मारमा नयाँ वर्षसँगै पानी पर्वको रौनक (तस्बिहरू)

बिएल संवाददाता

रंगुन, म्यान्मार
Photo: Agency
Photo: Agency

म्यान्मारको परम्परागत पानी पर्व बुधबारदेखि देशभर सुरू भएको छ।

यो पर्वमा रंगीचंगी पोशाकमा सजिएका सर्वसाधारणले समूहगत नृत्य प्रस्तुत गर्छन्। पर्वले सबैको जीवनमा शान्ति र समृद्धि ल्याउने विश्वासका साथ देशभर मनाउने गरिन्छ।

शनिबारसम्म चल्ने यो परम्परागत थिंग्यान पानी पर्वको विशेष समारोहका साथ राजधानी रंगुनमा शुभारम्भ गरिएको थियाे। पर्वमा एकापसमा पानी छ्यापेर अघिल्लो वर्षका पापहरू पखाल्दै नयाँ वर्षको थालनी गरिने जनविश्वास छ।

यो पर्वलगत्तै आइतबारदेखि म्यान्मारको नयाँ वर्ष सुरू हुनेछ।

प्रकाशित मिति: : 2022-04-14 16:39:00

प्रतिकृया दिनुहोस्