बायोमेट्रिक डाटा प्रणालीले अफगानीहरू खतरामा

Photo - aninews
Photo - aninews

अफगानिस्तानको सुरक्षा अवस्थाको बारेमा चिन्ता बढाउँदै मानव अधिकार वाच (एचआरडब्ल्यू) ले तालिबान नियन्त्रण प्रणालीहरूले संवेदनशील बायोमेट्रिक डाटा राखेका छन्। ती डाटाका कारणले अफगानहरू जोखिममा छन् भनी बताएको हो।

अफगानिस्तानमा हाल कुनै डाटा सुरक्षा कानुन नभएकाे एचआरडब्लु (HRW) ले चेतावनी दिएकाे छ।

न्युयोर्कमा रहेको अधिकार वाचडगले भनेकाे छ, ‘यो डिजिटल पहिचान र पेरोल प्रणालीमा अफगानीहरूको व्यक्तिगत र बायोमेट्रिक डेटा समावेश छ। जसमा आइरिस स्क्यान, औंठाछाप, फोटो, पेशा, घरको ठेगाना र आफन्तहरूको नाम समावेश छ।’

तालिबानले उनीहरूलाई कथित विरोधीहरूलाई लक्षित गर्न प्रयोग गर्न सक्छ र एचआरडब्लु अनुसन्धानले तालिबानका केही केसहरूमा डाटा प्रयोग गरिसकेका हुन सक्छन् भन्ने सम्भावना व्यक्त गरेको छ।

प्रकाशित मिति: : 2022-04-12 11:17:00

प्रतिकृया दिनुहोस्