एएफसी फुटसल एसियन कप छनोटमा नेपाल सोमबार ताजकिस्तानसँग १-१ गोल अन्तरले पराजित भएको छ।कीर्गिस्तानको बिस्केकमा ताजकिस्तानसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट एक खेलअघि नै बाहिरिएको हो।
समुह ‘बी’ मा रहेको नेपालको दुई खेलबाट कुनै अंक छैन।नेपाल चौथो स्थानमा छ। शीर्ष स्थानको ताजकिस्तानको चार अंक छ भने दोस्रो स्थानको उज्वेकिस्तनको तीन अंक छ।तेस्रो स्थानको अफगानिस्तानको एक अंक छ।
ताजकिस्तानले आइतबार पहिलो खेलमा अफगानिस्तानसँग बराबरी खेलेको थियो। पहिलो खेलमा नेपाल आइतबार उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको थियो।
नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार अफगानिस्ताानको सामना गर्नेछ ।