किभ नजिकैको गाउँमा दर्जनौँ शव फेला

File photo
File photo

राजधानी किभ नजिकैको एउटा गाउँमा दर्जनौँ युक्रेनी सर्वसाधारणका शव फेला परेका छन्। रुसी सेनाबाट युक्रेनी सेनाले हालै मुक्त गरेको बुझोभा गाउँमा ती शव फेला परेका हुन्।

बुजोभा र अन्य धेरै नजिकका गाउँहरू समेट्ने दिमित्रिभका समुदायका प्रमुख तारास डिडिचले पेट्रोल स्टेशन नजिकैको खाडलमा शवहरू फेला परेको बताए। मृतकको संख्या पुष्टि हुन बाँकी छ।

‘हामी सामान्य जीवनमा फर्किरहेका छौं। तर रुसी सेनाले ओगट्ने क्रममा यो स्थान आक्रमणको हटस्पट बनेको थियो। धैरै सर्वसाधारण मारिएका थिए’, डिडिचले भने। 

 

 

प्रकाशित मिति: : 2022-04-10 16:38:00

प्रतिकृया दिनुहोस्