भोजपुरमा वैशाख १० मा 'चौथो मुन्दुम ट्रेल रेस' हुने

यहि आउदो १० गते भोजपुरमा चौथो मुन्दुम ट्रेल रेसू अयोजना गरिने भएको छ। ४५ किमी लामो दुरीको रेस भोजपुरको बागखोर (२२०० मि ) बाट सुरु भएर ३१०० मिटरको डाडा हुँदै खोटाङ्गको सकेला तावाभञ्ज्याङ (१८०० मि)  मा पुगेर टुङ्गिनेछ।

केही वर्ष अघि कन्सेप्ट नेपालको टेक्निकल सहयोगमा मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्धन केन्द्रले पूर्वमा पहिचान गरेको मुन्दुम पदमार्ग शुभारम्भ गरिएको थियो। पदमार्गमा किराती जीवनशैली, दूधकुण्ड (नुम्बुर) देखि सगरमाथा, मकालु, कुम्भकर्ण हुँदै कञ्चनजंघा समेत हिमालको लामो लर्कन देखिन्छ। 


पदमार्गको प्रवर्द्धन नेपाल पर्यटन वोर्ड्ले गरेको थियो भने टेम्के मयुङ गाउँपालिकाको सहयोग रहेको थियो।

पदमार्ग निर्माण तथा पुर्वाधार विकासमा केपिलासगढी गाउँपालिका, षडानन्द नगरपालिका, भोजपुर नगरपालिका, साल्पा सिलिछो गाउँपालिका, साकेला गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका सहित प्रदेश सरकार र स्विस सरकारको विकास सहयोग संस्थाले गरेको थियो।

ट्रेल रेस विजेतालाइ क्रमश पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुने महिलारपुरुष दुवैलाइ रु ५० हजार, ४० हजार ,३० हजार, २० हजार र १० हजार पुरस्कार राशी राखिएको आयोजकले वताएको छ । त्यस्तै ४० वर्ष माथिको वेटेरान तर्फ १५ हजार , १० हजार र ५ हजार पुरस्कार राखिएको छ।
टिम इभेन्टतर्फ क्रमश पहिलो , दोस्रो र तेस्रो हुनेले  ट्रफि सहित रु १० हजार, ८ हजार र ५ हजार पाउनेछ। 


मुन्दुम ट्रेल पदमार्ग प्रवर्द्धनका लागि भोजपुरमा दौड प्रतियोगिता आयोजना गरिने स्पोर्टस एकेडेमीका अध्यक्ष पावी हाङ राइले वताए  । 
रिमाचुङ्ग एजुकेशन एण्ड स्पोर्टस एकेडेमी भोजपुरले आयोजना गरिने प्रतियोगिता  टेम्के मयुङ गाउँपालिकाको सहयोग रहनेछ।


 

प्रकाशित मिति: : 2022-04-10 14:18:00

प्रतिकृया दिनुहोस्