ब्लुबर्ड मार्ट र यसु इन्टरनेशनलमा वाणिज्य विभागको अनुगमन, मार्ट दर्ता नभएको पुष्टि

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको दरबारमार्गस्थित राइजिङ मलको ब्लुबर्ड मार्ट प्रा.लि.र यसु इन्टरनेशनल (मिनिशु) मा अनुगमन गरेको छ।

उक्त मार्टहरुमा म्याद सकिएका सामानहरु विक्री वितरण भइरहेको छ भन्ने सूचनाका आधारमा विभागले अनुगमन गरेको विभागका कर्मचारी गंगा तिमिल्सिनाले बिएल नेपाली सेवालाई जानकारी दिइन्।

सो अनुगमनमा ब्लुबर्ड मार्टमा दर्ताको प्रमाणपत्र नभएको र केही सामान म्याद सकिएको भेटिएको उनले बताइन्।

‘यसु इन्टरनेशनलमा स्टकमा भएको केही सामानमा मूल्यसुची समेत राखिएको थिएन’ उनले भनिन्।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९, १ (घ) अनुसार जनही रु ५०–५० हजार जरिवाना दिनुपर्ने तिमिल्सिनाले बताइन्। अनुगमन गरिएको मार्टहरुले समबन्धित कागजात चुस्तदुरुस्त राख्न निर्देशन पनि दिइएको बताइएको छ।

प्रकाशित मिति: : 2022-04-06 18:04:00

प्रतिकृया दिनुहोस्