चीनमा कोरोना संक्रमण तीव्र वृद्धि भएपछि व्यापार व्यवसाय नै प्रभावित

Photo - asia.nikkei
Photo - asia.nikkei

सन् २०१९ को डिसेम्बर अन्तिबाट सुरु भएको कोरोना महामारी फेरि बढ्न थालेपछि चीनमा व्यापार, व्यवसायहरु फेरि प्रभावित भएका छन्।

पूर्वी चीनको फुजियान प्रान्तको जुत्ता बनाउने उद्योग देशमा भर्खरको कोभिड-१९ को पछिल्लो वृद्धिबाट प्रभावित भएका छन्। जसले गर्दा बजारमा सामान अभाव हुनुका साथै घरेलु खेलकुद ब्रान्डहरूको नयाँ लन्चहरू स्थगित भएको छ।

एक घरेलु स्पोर्ट्सवेयर ब्रान्डले नाम न छाप्‍ने सर्तमा क्वान्झाउ सहरका स्थानीय जुत्ता बनाउने उद्यमहरू दैनिक उत्पादनमा उल्लेखनीय रूपमा प्रभावित भएको बताए। धेरै जुत्ता उत्पादकहरू बन्द-लूप व्यवस्थापनमा छन्, र रसद र डेलिभरी सेवाहरू प्रतिबन्धित भएको ग्लोबल टाइम्सले रिपोर्ट गरेको छ।

जुत्ता बनाउने उद्योग स्थानीय अर्थतन्त्रको प्रमुख स्रोत हो। फुजियान प्रान्तको क्वान्झोउ र पुटियान सहरहरूमा धेरै जुत्ता बनाउने कम्पनीहरूले पुष्टि गरे- कि आपूर्ति श्रृंखला ढिलो भएको छ र कोभिड केसहरूको वृद्धिको कारण संकट सिर्जना भएको छ। तीमध्ये क्वान्झाउ सबैभन्दा बढी प्रभावित भएको ग्लोबल टाइम्सले रिपोर्ट गरेको छ।

क्वान्झाउले कडा महामारीका प्रतिबन्धहरुको सामना गरिरहेको छ। क्वान्झाउ नगरपालिका हुलाक प्रशासनका अनुसार क्वारेन्टाइनअन्तर्गत राखिएका क्षेत्रहरूको लागि एक्सप्रेस सेवाहरू निलम्बित छन्। वितरण सेवाहरूले मुख्यतया नियन्त्रित क्षेत्रहरूबाट पार्सलहरू प्राप्त गर्न बन्द गरेको छ।

यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले आफ्नो नियन्त्रण उपायहरूलाई सहज बनाउने नयाँ दिशानिर्देश जारी गरेको केही दिनपछि बेइजिङले आफ्नो "शून्य कोभिड-१९" नीतिमा अडिग रहने बताएका थिए।

चीनले शून्य कोभिड नीति बताए पनि संक्रमणको अवस्था दैनिक उकालो लागिरहेको छ। चीनमा कोरोना खोप लगाएकाहरु पनि फेरि संक्रमित भएको पाइएको छ।

प्रकाशित मिति: : 2022-04-06 13:38:00

प्रतिकृया दिनुहोस्