फेरि माओवादीमै फर्किए पित्तबहादुर

नेकपा (माओवादी केन्द्र) परित्याग गर्दै नेकपा (एमाले) प्रवेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) फेरि माओवादीमै फर्केका छन्।

सोमाबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर ओलीबाट टिका लगाइ एमाले प्रवेश गरेका डल्लाकोटी मंगलबा विज्ञप्ति जारी गर्दै आफ्नै पार्टीमा फर्केका हुन्।

विज्ञप्ति जारी गर्दै डल्लाकोटीले भनेका छन्, ‘क्षणिक आक्रोश र आवेगमा आई राजनीतिक रुपमा गम्भीर गल्ती कमजोरी हुन गई समग्र पार्टी, बेनिघाट रोराङ र धादिङको पार्टी पंक्तिमा पर्न गएको क्षतिप्रति गम्भीर आत्माआलोचना गर्न चाहन्छु। नेकपा माओवादी केन्द्रमा रही पार्टीको निर्देशनअनुसार काम गर्नेछु।’

प्रकाशित मिति: : 2022-04-05 21:27:00

प्रतिकृया दिनुहोस्