जानकी ग्लोबल फाउण्डेशनले ‘नेपाल लगानी सम्मेलन–२०२२’ आयोजना गर्ने 

जानकी ग्लोबल फाउण्डेशनले ‘नेपाल लगानी सम्मेलन–२०२२’ आयोजना गर्न लागेको छ। 

नेपालमा लगानीको चेतना अभिवृद्धि र वित्तीय साक्षरता अभिवृद्धि गर्न राष्ट्रिय स्तरको लगानी सम्मेलन आयोजना गर्न लागेको हो।

नेपालका अनुभव र सफल लगानीकर्ताहरूबाट लगानी उन्मुख विचारहरू प्राप्त गर्न मानिसहरूलाई प्रोत्साहित गर्ने उद्देश्य उक्त सम्मेलन गर्न लागेको हो। 

यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई लगानीका उत्कृष्ट अवसरहरू खोजेर नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने बताइएको छ। सम्मेलनले नेपालको नाफामुखी क्षेत्रको बारेमा जान्न र अवसरहरू समात्न उत्प्रेरित गर्न समेत मद्दत गर्नेृछ। 

प्रकाशित मिति: : 2022-04-05 19:16:00

प्रतिकृया दिनुहोस्

    I also want to participate

    • 2 बर्ष अगाडि
    • Sashi Kumar thakur