श्रीलंका संकट : आपतलीन स्वास्थ्य अवस्था घोषणा

बिएल संवाददाता

कोलम्बो, श्रीलङ्का
Photo: Agency
Photo: Agency

श्रीलंकामा मंगलबारदेखि आपतकालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ।

औषधिको चरम अभावपछि देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसन (जीएमओए) को आकस्मिक साधारण समितिको बैठकले यो निर्णय गरेको हो।

यसअघि आपतकालीन कानुन लागू गर्ने र औषधिको गम्भीर अभावबारे छलफल गर्न समितिको बैठक बसेको थियो।

विरामीको जीवन रक्षा गर्न यस्तो घोषणा गरिएको जीएमओएका सचिव डा. सेनाल फर्नान्डोले बताए। सरकारको कमजोर व्यवस्थापनका कारण देशभर औषधिको अभाव देखिएको जीएमओले आरोप लगाएको छ।

प्रकाशित मिति: : 2022-04-05 09:50:00

प्रतिकृया दिनुहोस्