विद्यार्थीहरुको सहजताका लागि ‘सफ्टवेयर’ हस्तान्तरण

Breaknlinks
Breaknlinks

पर्साको पोखरीया नगरपालिकाले आइतबार सफ्टवेयर हस्तान्तरण सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ।

जिल्ला उच्चाङ्गल रामदेव कलवार मावि तथा महोबनी पदम माविका विद्यार्थीहरुका सहजताका लागि पोखरीया नगरपालिकाले सफ्टवेयर हस्तान्तरण गरेको हो। नगर–उपप्रमुख सलमा खातुनले सो सफ्टवेयर हस्तान्तरण गरेकी हुन। 

सो सफ्टवेयरको प्रयोगले विद्यार्थी र शिक्षकबीच विद्यालयका सूचना र अन्य जानकारी आदानप्रदान गर्न तथा नगरपालिकालाई पनि सम्बन्धित विद्यालयको गतिविधि अनुगमन गर्न सहज हुने भएकाले सफ्टवेयर हस्तान्तरण गरिएको उप–प्रमुख खातुनले बताइन।  

सो सफ्टवेयरले आगामी दिनमा विद्यालयमा उत्पन्न परिस्तिथिमा सिकाई सहजीकरण शैक्षिक कार्यक्रम,वैकल्पिक सिकाई व्यवस्थापन प्रणाली, शिक्षा अनुगमन प्रणाली बिधालय ब्यवस्थापन प्रणाली निरन्तर साक्षरता शैक्षिक कार्यक्रम,केन्द्रक्रित  शिक्षा अनुगमन प्रणाली एक पूर्ण एकिकृत,स्वचालित बिधालय व्यवस्थापन सफ्ट्वेयर जसले बिधार्थीलाई सिखाउने किट मुल्यांकन परीक्षा तथा सरकारी विद्यालयको रेकर्ड राख्न मद्दत गर्ने , सूचना तथा प्रविधि शाखा प्रमुख अरविन्द दुबेले बताए। 

डाइनामिक टेक्नो सफ्टद्धारा आयोजित सो कार्यक्रममा विद्यालयका शिक्षक, कक्षा ८,९ र १० का विद्यार्थी, नगरपालिकाका प्रशासन शाखा प्रमुख विजय झा लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2022-04-03 20:10:00

प्रतिकृया दिनुहोस्