ब्राजिलमा बाढीपहिरोमा १४ जनाको मृत्यु

बिएल संवाददाता

रियो दि जेनेरियो
File photo
File photo

अबिरल वर्षापछिको बाढीपहिरोमा ब्राजिलको रियो दि जेनेरियो राज्यमा आठ बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको छ। बाढी पहिरोमा ५ जना बेपत्ता भएका छन्।

दुई दिनको भारी वर्षाले दक्षिणपूर्वी राज्यको एट्लान्टिक तटको ठूलो भाग प्रभावित भएको छ। आगामी दिनमा अझै धेरै बर्षा हुने अनुमान गरिएको छ। 

बाढीबाट मृत्यु हुनेहरूमा एक महिला र उनका ६ वर्षका सन्तान पनि छन्। बाढीले उनीहरूको घर बगाएको थियो। उद्धार कार्यमा सघाउन संघीय सरकारले सैन्य विमान पठाएको राष्ट्रपति जैर बोल्सोनारोले बताएका छन्। ६ साताअघि पेट्रोपोलिस सहरमा अबिरल वर्षापछिको बाढीपहिरोमा २३३ जनाको मृत्यु भएको थियो। 

प्रकाशित मिति: : 2022-04-03 11:31:00

प्रतिकृया दिनुहोस्