नेपाली कांग्रेसले आगामी २०७९ वैशाख ३० गते हुने निर्वाचनको लागि उम्मेद्वार छनोट गरिरहेको छ।
जिल्लाको पुर्चाेडी नगरपालिकाको नगर प्रमुखकालागि दिपक बहादुर बमलाई उम्मेद्वार बनाउने कांग्रेसको तयारी छ।
शुक्रबार बसेको पालिका समितिको बैठकबाट बमलाई नगर प्रमुखको उम्मेद्वार बनाउने सहमति भएको हो।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका बम यसअघि २०७४को निर्वाचनमा समेत सोही पदका उमेदवार थिए।
उतिबेला उनी २३७ मतले मात्रै माओवादी केन्द्रका नेता एवम वर्तमान नगर प्रमुख रण बहादुर कुवँरसँग पराजित भएका थिए।
विगतमा २ सय बढी मतले पराजीत भएका बम अहिले अन्य पार्टीबाट ७ सय बढी व्यक्तिले कांग्रेसमा प्रवेश गरेको दावी गर्छन्। तर कांग्रेसले केन्द्रीय समितिले बाट आवश्यकताको आधारमा गठबन्धन गर्ने निर्णय गरेको छ।
पुर्चौडीमा नगर उपप्रमुखका उम्मेद्वारको पनि टुङ्गो लगाउने तयारी भइरहेको छ। कांग्रेसले यसअघि पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेश भण्डारीलाई उमेदवार बनाउने निर्णय गरिसकेको छ।