अछामकाे बयलपाटा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

हिन्दू स्वयम् सेवक संघ नेपाल र सेवा इन्टरनेशनल नेपालले अछामको बयलपाटा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।

सेवा इन्टरनेशनल नेपालको गौरीघाटस्थित कार्यलयमा बिहीबार एक कार्यक्रम गरी स्वास्थ सामाग्री हस्तान्तरण गरिएकाे हाे।

सुदूरपश्चिमाञ्चल सराेकार मञ्चले साँफेबगर नगरपालिका वडा न.७ मा रहेको बयलपाटा अस्पतालका लागि चाहिने रोग नियन्त्रण तथा उपचार सामग्री उपलब्ध गराइदिन आग्रह गरेको थियो। साेही बमाेजिम स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएकाे हाे।

हिन्दू स्वयम् सेवक संघ नेपाल र सेवा इन्टरनेशनल नेपालकाे सहकार्यमा माक्स, स्यानिटाइजर, अक्सजिन कन्सन्ट्रेटर, फेस सिल्डलगायतका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हाे।

नेविसंघका विद्यार्थी नेता आकाश कुँवरका अनुसार उक्त स्वास्थ्यसामाग्री पूर्व एआईजी कल्याण तिमिल्सिनाले मञ्चका विशेष सल्लाहकार मोतीलाल बोहोरालाई हस्तान्तरण गरेकाे थिए।

उक्त सहयाेगका कार्यक्रम अछामका अन्य अस्पतालहरूमा पनि पुर्याउने बताइएका छ।

प्रकाशित मिति: : 2022-04-01 15:34:00

प्रतिकृया दिनुहोस्