रुसी हमला : युक्रेनको आधा भू-भाग विस्फोटक पदार्थले प्रदूषित

Photo: REUTERS/Valentyn Ogirenko
Photo: REUTERS/Valentyn Ogirenko

रुसी हमलापछि युक्रेनको आधाभन्दा बढी भू-भाग विस्फोटक पदार्थहरुले प्रदूषित बनेको युक्रेनी सरकारका एक मन्त्रीले दाबी गरेका छन्।

उप–आन्तरिक मन्त्री येभगेन येनिनले युक्रेनी क्षेत्रको करिब ३००, ००० वर्ग मिटर भू-भाग रुसी हमलामा प्रयोग भएका विस्फोटक उपकरणहरूका कारण प्रदूषित भएको दाबी गरेका छन्। प्रदूषणबारे मन्त्री येनिनले दाबी गरेको तथ्यांकको स्वतन्त्र ढंगले पुष्टि हुन भने बाँकी नै छ।

२४ फेब्रुवरीमा रुसी हमलापछि युक्रेनी विशेषज्ञहरूले ३०० बम विस्फोटक यन्त्रहरू र एउटा हवाई बम नष्ट गरेका छन्। उनीहरूले १४ हेक्टर क्षेत्र पनि खाली गरेका छन्।

प्रकाशित मिति: : 2022-03-31 09:07:00

प्रतिकृया दिनुहोस्