इमरान खानविरुद्ध अविश्वासको प्रस्तावमा ३ अप्रिलमा मतदान हुने

बिएल संवाददाता

इस्लामाबाद
File Photo
File Photo

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्तावमा अप्रिल ३ मा मतदान हुने भएको छ। आन्तरिक मन्त्री शेख रसिदले मंगलबार सो जानाकारी दिएका हुन्।

राष्ट्रियसभाको बैठकमा सोमबार खानविरुद्ध विपक्षी दलले अविश्वासको प्रस्ताव पेस गरेपछिको पछिल्लो राजनीतिक अवस्थाबारे राजधानी इस्लामबादामा सञ्चारकर्मीसँग कुरा गर्दै रसिदले यस्तो जानाकारी दिएका हुन्।

३१ मार्चमा अविश्वासको प्रस्तावमा बहस हुने र ३ अप्रिलमा मतदान हुने उनले बताए। प्रधानमन्त्रीविरुद्धको प्रस्ताव बिफल हुने उनले बताए।

प्रधानमन्त्री खानविरुद्धको अविस्वासको प्रस्तावलाई लिएर पाकिस्तानमा राजनीतिक संकट चुलिएको छ।

प्रकाशित मिति: : 2022-03-30 11:57:00

प्रतिकृया दिनुहोस्