नेकपा (एमाले) सल्यानस्थित त्रिवेणी गाउँ कमिटी उप–सचिव मंगल रेउलेले पार्टी परित्याग गरेका छन्। उनले पार्टी त्यागे लगतै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका हुन्।
एमाले विचार र सिद्धान्तविहिन पार्टी भएकाले परित्याग गरेको उनले बताएका छन्।
'एमाले व्यक्तिगत स्वार्थमा तल्लिन भएको, पार्टीको नेतृत्व स्वयच्छाचारी, दम्भ, घमण्ड र अधिनायकवादी ढंगले चलेको, देश र जनताको पक्षमा काम गर्न नसक्ने यो पार्टी केपी पार्टी हो,' रेउलेकाे विज्ञप्तिमा भनिएको छ।
देश र जनताको पक्षमा काम गर्ने, कम्युनिष्ट आन्दोलनको रक्षाको लागि अघि पढेको पार्टी एकीकृत समाजवादीको यात्रामा सरिक भएको उनकाे भनाइ छ।
रेउलेले एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादीको यात्रामा सरिक भएको जनाएका छन्।