भारतको नागल्याण्डमा सम्पन्न क्रसकन्ट्री च्याम्पियनसिपमा जुम्लाकी राममाया बुढाले दोस्रो स्थान हासिल गरेकी छिन्।
यु २० महिला एकलतर्फकाे दाैडमा उनी दाेस्राे स्थान हासिल गरेकी हुन्। राममाया कर्णाली स्पाेर्ट क्लब जुम्लाकी खेलाडी हुन्।
दुर्गम कर्णालीबाट भरतकाे नागाल्याणडमा राममायाले महत्वपूर्ण उपलब्धि हासिल उनका गरु हरि राेकायाले बताए।
उनले भने, 'राममायाले नियमित रुपमा गरेकाे परिश्रमले फल पाएकी छिन्। उनी दाेस्राे जुम्ला रारा अल्ट्रा म्याथनमा प्रथम भएकी थिइन्।'
राममाया आगामी दिनमा अझ सफल हुने क्लबका अध्यक्ष सराेज शाहीले बताए। १० किलोमिटर महिला एकलतर्फ पनि नेपालकी राजपुरा पछाईले दाेस्राे भएकी छिन्।
यु २० पुरुष एकलमा बादल कार्की दोस्रो हुँदा १० किलोमीटर पुरुष एकलमा नेपालकै मुकेश पाल तेस्रो भएका छन्।
यस्तै, समुहगत प्रतिस्पर्धामा नेपाल महिला टिम दोस्रो हुँदा पुरुष टिम तेस्रो भएको छ।
मुख्यमन्त्री नेफिउ रियो, मन्त्रीहरू, नागाल्याण्डका विभिन्न खेल संघहरू र भारतीय ओलम्पिक संघ लगायतका व्यक्तिहरुले विजेताहरूलाई पदकहरू प्रदान गरेका थिए।
प्रतियोगितामा पाँच देश नेपाल, भारत, बङ्गलादेश, श्रीलंका, माल्दिभ्सका कुल ६ सय खेलाडी सहभागी भएका थिए।