अस्वीकृत मान्छे

दिनेश घिमिरे

विरूवा, भक्तपुर
Breaknlinks
Breaknlinks

मान्छेको नामको संयोजन समग्र हितमा छैन
मान्छेको नामले सम्पूर्ण सृष्टि बिम्बित छैन
न त यसका क्रिया र विचारहरूको सन्तुलनले
प्रकृतिको रचनाहरूमा योगदान गरेको छ
यसका अनेकन नामहरू आफैंमा कुन्नि कता
विचलन भएको छ, सृष्टिमा मानवता छैन
यसैले मान्छे यी मान्छेहरू अस्वीकृत छन। 

मान्छेको मुखनै बडेमानको सृजनामा छन्
कुन दिशा हो ? जानुपर्ने मान्छेमा शंका छ
सबैजसो आफैमा विभाजन कुटनीति छ
आफ्नै छ सुगन्ध आफ्नै छ आकार प्रकृति
यसैले मान्छेको मुख मान्छे भित्रै मिलेन
अस्पष्ट मान्छेहरू भित्रै मान्छेहरू हराए
यसैले मान्छे यी मान्छेहरू अस्वीकृत छन। 

प्रकृतिको फ्यूजनमा मान्छे आफ्नै विचार
आफ्नै संयोजन अनि आफ्नै सिद्धान्तमा
आफ्नै आफ्नाहरूबीच सृजित आकारमा
समग्र मान्छेहरूबीच आफैं आफ्नै विषय
तल माथि गर्दै उचाई रम्ने अनि रमाउने
सम्पूर्ण अभ्यास अनि मान्छेहरूका क्रिया
तिमीहरू मान्छेहरू आफैंमा अस्वीकृत छौँ। 

मान्छे तिमी आफ्नै विरूद्ध युद्ध गर्नुपर्छ 
तिम्रो अगाडि आँखा बनेर बसेका भावहरू
कसरी भुलेर मान्छे हुँ भनिकन हिँडन सक्छौ
मान्छेहरू आफैमा आफैलाई भुलिकन फेरि
आफैं म हुँ मान्छे म मात्र हुँ मान्छे भन्न सकेर
आफैमाथि आफैले प्राकृतिक प्रकोप बनेर
मान्छे भन्छौ तिमी मान्छेहरू भन्छौ आफै
यसैले मान्छे तिमीहरू आज अस्वीकृत छौ।

प्रकाशित मिति: : 2022-03-26 17:19:00

प्रतिकृया दिनुहोस्