ताप्लेजुङका दुर्गम गाउँहरुमा टेलिफोन टावर निर्माण हुने

File Photo
File Photo

ताप्लेजुङका दुर्गम गाउँहरुमा टेलिफोन सेवा विस्तारका लागि प्रक्रिया अघि बढेको छ । टेलिफोन सेवाबाट बन्चित रहँदै आएका फक्ताङलुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकाका विभिन्न बस्तिका नागरिकलाई लक्षित गरि टावर निर्माणका लागि प्रारम्भिक प्रक्रिया अघि बढेको हो ।

भौगोलिक रुपमा विकट र दुर्गम मानिने फक्ताङलुङका ४, ५ र ६ नम्बर वडाका साथै मिक्वाखोला ५ पापुङका सेवाग्राहिलाई सेवा पुग्ने गरि टेलिफोन टावर निर्माणका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पक्रिया अघि बढाएको छ ।

प्रदेश नम्बर १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले उक्त क्षेत्रमा टेलिफोन टावर निर्माणका लागि पत्राचार गर्दै सञ्चार मन्त्रालय संग अनुरोध गर्नुभएको थियो । सोहि अनुसार सञ्चार मन्त्रालयले नेपाल दुरसञ्चार कम्पनी लिमिटेडलाई पत्राचार गरि आवस्यक कार्य अघि बढाउन अनुरोध गर्दै पत्राचार गरेको छ ।

मन्त्री हाङ्गाम मन्त्री बने पछि पहिलो पटक गृह जिल्ला पुग्दा त्यहाँका नागरिकले टेलिफोन टावर निर्माणका लागि अनुरोध गरेका थिए । जिल्लाका प्राय क्षेत्रमा टेलिफोन सेवा विस्तार भए पनि दुर्गम मानिने यि क्षेत्रमा भने कसैको ध्यान गएको थिएन ।

प्रकाशित मिति: : 2022-03-25 17:40:00

प्रतिकृया दिनुहोस्