साउदी अरबका स्कुलहरुमा योगा कक्षा लागू गरियो

Shutterstock
Shutterstock

साउदी अरबियाले राज्यका विद्यालयहरूमा खेलकुदका रूपमा याेगाकाे पाठ्यक्रम समावेश गर्ने भएकाे छ। साउदीले विद्यालयहरूमा याेगालाई पाठ्याक्रमकाे एक हिस्साकाे रूपमा समावेश गर्न लागेकाे साउदी याेगा समितिका अध्यक्ष नाेफ अल-मारवाईले जानकारी दिएका छन्। 

याे अभ्यास स्वास्थ्यकाे लागि धेरै राम्राे हुने भएकाेले  शिक्षा मन्त्रालय विद्यालयहरूमा यस्ताे पाठ्यक्रम राख्न सहमत भएकाे उनकाे भनाइ छ।

अल-मारवाईले अशरक अल-अवसतसँगको एक अन्तर्वार्ताका क्रममा मानसिक र शारीरिक स्वास्थ्यको लागि याेगाको महत्त्व कारण यसलाई राज्यमा विस्तार गर्न लागेकाे बताए।

यस हप्ताकाे सुरूमा एसवाईसी र साउदी स्कुल खेलकुद महासंघ बीचकाे सहकार्यमा विद्यालयहरूमा याेगकाे भविष्यबारे जानकारी दिन कार्यक्रमकाे समेत आयाेजना गरिएकाे थियाे। 

वाणिज्य मन्त्रालयले २०१७ नोभेम्बरमा नै साउदी राज्यमा योगा सिकाउने र अभ्यासलाई खेलकुदको रूपमा स्वीकृत गरिसकेको थियो।

अरब योग फाउन्डेशनको स्थापना र स्थापना सन् २००६ मा पहिलो साउदी योगाचार्य (प्रमाणित योग प्रशिक्षक) अल-मारवाईद्वारा गरिएको थियो। यो योग गठबन्धन र अन्तर्राष्ट्रिय योग महासंघद्वारा २००९ मा मान्यता प्राप्त भएको थियो। यस वर्षको सुरुमा अरबबाट १ हजारभन्दा बढी मानिसहरू देशको पहिलो योग महोत्सवमा गएका थिए।

यो जुमान पार्क, राजा अब्दुल्ला आर्थिक सहरमा आयोजना गरिएकाे थियाे। 

प्रकाशित मिति: : 2022-03-25 08:39:00

प्रतिकृया दिनुहोस्