फूलै फूलको मौसम तिमिलाई... (फाेटाे फिचर)

एशियाकै चर्चित बगैँचा ‘ट्युलिप’ विदेशी तथा आन्तरित पर्यटकलाई स्वागत गर्न तयार छ। भारतको जबरवान पहाडको फेद मुनि श्रीनगर।

श्रीनगरसँगै छ– प्रसिद्ध ‘डल’ ताल। तालको किनारमा उभिएको छ– ट्युलिप बगैँचा। यो बगैँचा झण्डै ३० हेक्टर क्षेत्रफलमा फैलिएको छ।

मार्च २३ देखि सर्वसाधारणका लागि खुला गरिएको प्रमुख–सचिव डा. अरुणकुमार गुप्ताले जनाएका छन्। बगैँचाको निमार्ण सन् २००७ तिर गरिएको थियो।

बगैँचामा हजारौँ मानिस रमाउँन थालेका छन्।

ट्युलिपमा थरिथरीका फूलहरू फूल्छन्। यसवर्ष ६८ प्रजातिका १५ लाखभन्दा बढी फूल हुर्किइरहेका छन्। जसलाई हेर्न लाखौं पर्यटक आउने अपेक्षा गरिएको छ। पर्यटकहरूले विगतको कीर्तिमान तोडिनेछन्। विगत तीन वर्षदेखि कश्मीरको पर्यटन उद्योगलाई कोरोनाका कारण धेरै नोक्सान भएको छ।

महामारी कै बीच ट्युलिप गार्डेन पनि केही दिन खोलिएको थियो। तर पछि बन्द गर्नुप¥यो। गतवर्ष लाखौँ पर्यटकहरूले बगैँचाको भ्रमण गरेको अधिकारीहरू बताउँछन्।

अधिकारीका अनुसार यसवर्ष ट्युलिप महोत्सवको आयोजना गरिएको छ। महोत्सवमा पर्यटकहरूको मनोरञ्जनका लागि केही अभिनेता–खेलाडीलाई बोलाइने छ।

गतवर्ष प्रधानमन्त्री नरेन्द्र मोदीले ट्युलिप बगैँचाको फोटो सामाजिक सञ्जालमा बाँडेका थिए। त्यो पोस्टपछि बगैँचाप्रति मानिसहरूको आकर्षण झनै बढेको बताइन्छ। र, बगैँचामा पुगेपछि वा फोटो देखेपछि जो कोहिले पनि भन्छन्– फूलै फूलको मौसम तिमिलाई...।

प्रकाशित मिति: : 2022-03-24 15:30:00

प्रतिकृया दिनुहोस्